समायोजन खबर खोटाङ,
सुनकोसीले बगाउँदा खोटाङमा बालकको मृत्यु भएको छ । सुनकोसीले बगाउँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका १२ वर्षीय विजय राईको मृत्यु भएको हो । उदयपुरको रुपटार गाउँपालिका–५ खुमलटारस्थित आफन्तको घरमा गएपछि घर फर्कनेक्रममा शनिबार बालकलाई नदीले बगाएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बालकलाई नदी तर्नेक्रममा बगाएको हो । घट्नास्थलभन्दा केही तल बालकको शव फेला परेको प्रहरीले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिकाकी नगर उपप्रमुख बिमला राईले पनि आफन्तको घर गएर फर्कनेक्रममा बालकलाई नदीले बेपत्ता बनाएको जानकारी आएको बताईन् ।
२०७६ जेठ २६ दिउँसो २ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology