चिसाङ शेर्पा खोटाङ,
नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादका पक्षमा जानेहरु सवै नेकपामा आउनु अनिवार्य रहेको बताएका छन । पार्टीका नेता तथा कार्यकर्तालाई शनिबार खोटाङको हलेसीमा सपथ खुवाउदै नेता खनालले समाजवादका सम्पुर्ण शक्तिहरुलाई नेकपाले एकतावद्ध गरेर लैजाने बताएका हुन् ।

अव समाजवादको बारेमा कसैले विरोध गर्न सक्दैन । किनभने, संविधानले सवैलाई समाजवादको लक्ष्यमा जान बाध्य गरेको छ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी भ्रमणको सिलसिलामा हलेसीमा आईपुगेका नेता खनालले ‘समाजवादको कसैले विरोध गर्छ भने, त्यो असंवैधानिक हुने बताए । त्यसो हुनाले हामी पनि सर्तक भएर अगाडी बढ्नुपर्ने हुन्छ । कमरेडहरु हामीले ईतिहासको लामो श्रृङखला जन्मने क्रान्तीको श्रृङखलालाई पार गरेर यो ठाउँमा आईपुगेका छौ । २००६ सालमा कमरेड पुष्पलालले यो देशमा लोकतान्त्रिक क्रान्तीको सुरुवात गर्नुभयो । त्यो क्रान्तीले अनेक मोडहरु पार गर्दै अगाडी बढ्यो । उनले भने, ‘२००७ सालमा एउटा मोड पार ग¥र्यो, त्यो अग्रगमण मोड थियो । तर, पनि क्रान्ती पूरा भएन, नेपाली जनताले पाउनुपर्ने सवै हक अधिकार पाउन सकेन । त्यो क्रान्तीले जे हासिल गरेको थियो । संस्थागत हुन सकेन । संवैधानिक बनाउन सकिएन । संवैधानिक बनाउने सारा अधिकार राजाले लियो । र, २०१७ सालको अल्पमोड, प्रतिगामी मोड र सैनिक प्रयोग गरेर राजाले सारा अधिकार हातमा लियो ।

अनि हामी झन् प्रतिगमन तिर गयौ । अन्धकारतर्फ गयौ, सक्कली कागज खोसिए । नेता खानलले भने, ३० वर्षसम्म पञ्चायती शासनमा गुम्सिएर बस्नुप¥र्यो । ०४६ सालमा आएपछि अर्को विस्फोटन भयो । नेपाली क्रान्तीले अर्को मोड लियो । त्यो माडेले हामीमा केही महत्वपुर्ण सुधार आएको बताउदै नेता खनालले अब नेकपालाई शक्तिशाली बनाउनु र सुदृढ बनाउनुमा विकल्प नरहेको जिकिर गरे । अन्य दलका नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको दृश्यले पनि नेकपा विस्तार हुदैछ भन्ने सन्देश दिन थालेको नेता खनालले बताए ।
२०७६ जेठ २६ दिउँसो २ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology