चिसाङ शेर्पा खोटाङ,
पत्रकारको नाकको डाँडी भाँच्छु भन्ने मेयरलाई फौजदारी अपराध अन्तरगत कारबाही गरिनुपर्ने प्रतिनिधिसभा सांसद हिरा गुरुङले बताएकी छिन् । दुई तिहाईको दम्भमा जनतालाई धाक/धम्की दिने, कुटपिट गर्ने, मार्ने के यो कानुनमा छ ? छुट छ ? बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रश्न गर्दै नेपाली कांग्रेसकी सांसद गुरुङले यसलाई फौजदारी अपराध अन्तरगत तत्काल कानुनको दायरामा ल्याउनु पर्ने बताएकी हुन् ।

इटहरीका पत्रकार विराट अनुपमलाई इटहरी उपमहानगरपालिकाको मेयर द्वारिकालाल चौधरीले चाटुकार पत्रकार भनेपछि अनुपमले त्यो बुझ्न खोज्दा ‘तेरो नाकको हड्डी भाँच्नका लागि १ करोड र एकवटा घडेरी छुट्याएको छु ।’ भनेर धम्की दिने मेयरको प्रस्तुतीप्रती आपत्ती जनाउदै सांसद गुरुङले कारवाहीको माग गरेकी हुन् ।
यस्तै, नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इटहरीको मेयरलाई कारबाहीको माग गरेकी छिन् । प्रतिनिधिसभा बैठकमा परियारले ‘इटहरीका प्रमुखको हर्कत के हो?’ भन्दै प्रश्न उठाएकी हुन् । इटहरीको मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका थिए । उनले न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रममा समेत पत्रकारलाई लखेट्ने धम्की दिएका थिए ।
‘दसौं करोडौं खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ । लोकतान्त्रिक विधि र पद्धति समाप्त भएकै हो त’, कांग्रेस सांसद परियारले भनिन् ’अन्यथा राज्य छ भने तत्काल कारबाही गरेर राज्य भएको अनुभूति दिलाउन सभामुखमार्फत् आग्रह गर्दछु।’
https://www.facebook.com/setopati/videos/348139695741077/?t=80
भिडियो स्रोत सेतोपाटी
२०७६ जेठ २३ गते साँझ ७ : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology