• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इटहरीका मेयर चौधरी उपस्थित कार्यक्रममा सहभागी नहुने पत्रकारको निर्णय

इटहरीका मेयर चौधरी उपस्थित कार्यक्रममा सहभागी नहुने पत्रकारको निर्णय


समायोजन खबर
  • बुधबार, जेष्ठ २२ २०७६

  • समायोजन खबर इटहरी,
    इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्कीले पत्रकार असुरक्षित रहेको नेपाल पत्रकार महासंघले निष्कर्ष निकालेको छ । महासंघ सुनसरी शाखाको बुधबारको बैठकले असुरक्षाकै कारण मेयर सहभागी र उपमहानगरपालिकाले गरेका कुनै पनि कार्यक्रममा पत्रकारले सहभागी नहुने निर्णय गरेको छ । महासंघ प्रदेश समितिका अध्यक्ष विक्रम लुइटेल र महासचिव विवेक गौतमको उपस्थितीमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।


    महासंघ शाखा अध्यक्ष अमर खड्काका अनुसार मेयर चौधरीले सार्वजनिक रुपमा माफी मागेर सुरक्षाको वातावरण नबनाउन्जेल कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ । यस्तै बैठकले मेयरले प्रतिनिधित्व गरेको पार्टी नेकपा र इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको आधिकारीक धारणासमेत मागेको छ। उनको पार्टी र उपमहानगरपालिकाको कार्यपालिका अहिलेसम्म मौन रहेको छ । मेयर चौधरीले दिएको नाकको हड्डी भाँचिदिन्छु, एक करोड रुपैयाँमा सुपारी दिएको छु भन्ने जस्ता धम्कीका कारण पत्रकार विराट गौतम (अनुपम) विस्थापित हुने अवस्थामा पुगेको भन्दै महासंघले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सुरक्षासमेत माग गरेको छ। दिउँसो पुगेको महासंघको टोलीले सुरक्षा माग गरेको हो ।

     

    चौधरीले सञ्चारमाध्यमबाटै यस्तो धम्की दिँदै आएका छन्। आफ्नो भ्रष्टाचारविरोधी आन्दोलन र आफूविरुद्ध लागेको भन्दै पत्रकार गौतमलाई धम्की दिएका हुन् । यसअघि पनि मेयर चौधरीले पत्रकारमाथि दुव्र्यवहार गरेका थिए । पछि महासंघको अल्टिमेटमपछि विज्ञप्ति जारी गर्दै माफी मागेका थिए। तर पछि फेरि पत्रकार धम्कीको श्रृंखला दोहोरिएपछि घटनालाई पत्रकार महासंघ प्रदेश समिति र केन्द्रले नै चासो दिइरहेको छ ।


    महासंघको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश समिति अध्यक्ष लुइटेलले प्रदेश सरकारले मिसन टोली नै बनाउन लागेको जानकारी दिए । केन्द्रमा सरकारले कानुनमार्फत् र स्थानीय तहमा भौतिक आक्रमणमार्फत् पत्रकारलाई तह लगाउन खोजेको आरोप लगाए। उनले मेयरमाथि कारवाही गर्नुपर्ने बताए । उनले समाचारमा चित्त नबुझे अन्य प्रक्रिया हुँदाहुँदै भौतिक आक्रमणको धम्की दिनुले पत्रकारमाथिको असुरक्षा बढाएको बताए।

    २०७६ जेठ २२ गते राती ८ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology