• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अटोको भाडादर तोक्ने तयारीमा प्रशासन

अटोको भाडादर तोक्ने तयारीमा प्रशासन


चिसाङ शेर्पा
  • सोमबार, जेष्ठ २० २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    साना सवारी अटोको भाडादरलाई लिएर प्रशासनले चासो देखाएको छ । रिर्जभमा मात्रै कुद्ने अटोको हालसम्म निश्चित भाडादर नभएपछि जिल्ला प्रशासन कार्यालयले अब भाडादर लागू गर्ने भएको छ । निश्चित तथा समानुपातिक भाडादर नहुंदा अटो प्रयोग गर्नैपर्ने अवस्थामा यात्रुहरुले हैरानी खेप्न बाध्य छन् ।


    दिक्तेलमा सञ्चालन भईरहेको अटोहरुमा समानुपातिक भाडादर छैन । कती अटो दर्ता भएर चलेका छन् । कतीले रुट इजाजतपत्र लिएका छन् । त्यो रेर्कड सहित प्रशासनले अबको केही दिनमै भाडादर लागू गर्ने योजना बनाएको खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताउनुभयो । पहिल्यै तय भएका अरु कार्यक्रमहरु भएकाले अनुकुलता मिलाएर भाडादर लागू गर्ने विषयलाई गम्भिरतापुर्वक लिएको र, त्यसलाई चाँडै निष्कर्षमा पु¥याईने प्रजिअ उपाध्यायले बताएका छन् ।

     

    दिक्तेलबजार सहित दिक्तेल, बाम्राङ, मुढे, नुनथला, अर्खौले–हलेसी, सोल्मा लगायतका सडकखण्डमा चल्ने अटोमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आएपछि चेकजाँचमा ट्राफिक प्रहरीलाई कडाई गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक राजकुमार केसीले बताउनुभयो । अटो दुर्घट्ना भएमा यात्रुको जीबन खतरामा पर्ने देखिन्छ । अटोमा यात्रु बिमा भए/नभएको त्यस बारेमा समेत यात्र सचेत हुन जरुरी हुन्छ ।


    ट्राफिक प्रहरीका अनुसार केही अटोले मात्र रुट इजाजत पत्र लिएका छन् । भाडामा भने, मनपरी छ । खोटाङमा अटो चलेको महिनौपछि मिडियामार्फत समाचार आएपछि बल्ल प्रशासनले अटोको भाडादर लागू गर्ने बताएको छ । भाडादर लागू भएपछि यात्रुुहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
    २०७६ जेठ २० गते साँझ ६ :५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology