चिसाङ शेर्पा खोटाङ,
प्रदेश नं. १ स्तरिय कराते प्रतियोगितामा खोटाङ कराते समुह प्रथम भएको छ । बिराटनगरमा सम्पन्न तीन दिवसीय प्रतियोगितामा १० स्वर्ण १ रजत पदक जित्दै खोटाङ कराते प्रथम भएको हो । प्रदेश नं. १ सामाजिक तथा खेलकुद बिकास मन्त्रालयको आयोजनामा जेठ १५ गतेबाट १७ गतेसम्म बिराटनगरस्थित शहिद रंगशाला कभर्डहलमा हलमा भएको प्रतियोगिताको पुरुष एकलकातामा खोटाङका मोतिचन्द्र राई, महिला एकलकातामा रोश्मा राई, पुरुष समुहकातामा अर्जुन श्रेष्ठ, रुरिहाङ दुमि, मोतिचन्द्र राई र महिला समुहकातामा नन्जु राई, रोश्मा राई र विद्याकला राईले स्वर्ण पदक जितेका छन् ।

पुरुष कुमितेको ६० केजी तौल समुहमा सन्तोष राई, ६७ केजी तौल समुहमा सुजन राई, ७५ केजी तौल समुहमा रुरिहाङ दुमि, माईनस ८४ केजी तौल समुहमा ईश्वधन राई र महिला कुमितेतर्फ ५५ केजी तौल समुहमा विद्याकला राई र माईनस ६८ केजी तौल समुहमा मिसडोना राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । पुरुष कुमितेको ५५ केजी तौल समुहमा खोटाङ करातेका अर्जुन श्रेष्ठले रजत पदक जितेका छन् ।

प्रतियोगितामा २ स्वर्ण पदक जितेर मोरङ दोश्रो र १ स्वर्ण पदक जितेर सुनसरी तेश्रो भएको छ । समुह प्रथम हुनेले ४२ हजार नगदका साथमा प्रमाणपत्र, ट्रफि र मेडल प्राप्त गरेका छन् । १७ स्वर्ण १७ रजत ३४ कास्य पदकको लागि प्रतियोगिता गराइएको थियो । अभावै अभावमा खोटाङबाट तराई झरेर भौतिक, मानसिक, प्राकृतिक रुपमा तयार भएर खेलाडीले खेल्नु परे पनि खोटाङ करातेले प्रायः प्रत्येक प्रतियोगितामा समुह प्रथम हुंदै आएको छ । खेलकुदको माध्यमबाट देशविदेशमा खोटाङको नाम उच्च राख्दै आएका खेलाडीका लागि खेलकुद क्षेत्रका व्यक्ति तथा संघसंस्थाहरुको आँखा नजादा खेलाडीहरुले दुखै दुःखमा खेल्नु परेको सितोरियो कराते संघ खोटाङका अध्यक्ष राईले बताए ।
२०७६ जेठ १७ गते साँझ ७ : १९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology