• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुंगाको भदौरेमा पानीको हाहाकार

ओखलढुंगाको भदौरेमा पानीको हाहाकार


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १७ २०७६

  • फायल फोटो

    समायोजन खबर ओखलढुंगा
    ओखलढुंगाको चिशंखुगढी गाउँपालिको भदौरेमा पानीको मुहान नहुँदा स्थानीयलाई समस्या भएको छ । २ सय परिवार बसोेबास गर्ने गाउँमा पानीको मुहान भने एउटा पनि छैन । भएको पानीको मुहान सुकेपछि अहिले गाउँपालिकामा खानेपानीको हाहाकार छ । एक गाग्रो पानीका लागि चार घण्टा हिड्ने गरेका छन् ।


    गाउँमा पानीको मुहान नभएपछि स्वास्थ्य चौकीमा समेत खानेपानीको अभाव छ । गाउँमा पानीको चरम अभाब भएपछि वडाले ट्याङकरबाट पानी ओसारेर वितरण गर्ने गरेको छ । तर ट्याक्टरबाट वितरण भएको पानी पिउन मात्रै प्रयोग गरेपनि बस्तुभाउलाई खुवाउन र अन्य प्रयोजनको लागि चाहिने पानी बोक्नै पर्ने बाध्यता रहेको स्थानीयको भनाई छ । अहिले एक परिवार बराबर दैनिक दुई सय लिटर पानी बितरण गर्ने गरिएको छ । एक पटकमा चार हजार लिटर पानी ढुवानी गर्ने ट्याक्टरले दिनमा दुई पटक मात्र पानी ढुवानी गर्दै आएको ट्याक्टर चालक गणेश सुनुवारले जानकारी दिनुभयो ।

    ट्याक्टर मार्फत पानी ढुवानी गरेर बितरण गरिने काम दिर्घकालिन नभएकाले वडाले विकल्पको खोजी गरिरहेको छ । वडा अध्यक्ष कृष्ण बहादुर केप्छाकीले लिफ्टीङ प्रविधिको माध्यमबाट गाउँसम्म पानी ल्याउने योजना भइरहेको जानकारी दिनुभयो । दैनिक ८ हजार लिटर पानी गाउँसम्म ल्याउन वडाले दैनिक १२ हजार रुपैयाँ खर्च गरिरहेको छ । ट्याक्टर मार्फत ढुवानी गरिएको पानी हाल २ सय घर धुरीले उपभोग गर्दै आएका छन् ।
    २०७६ जेठ १७ गते बिहान ११ :१० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology