• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१३ अशक्तको आवास तयार

१३ अशक्तको आवास तयार


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १७ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङका एकल महिला, अशक्त र अतिगरिब १३ परिवारको आवास तयार भएको छ । हेल्भेटास नेपाल र मल्टीस्किल तथा इन्भाइरन्मेन्ट डेभलपमेन्ट प्रालि काठ्माण्डौंको साझेदारीमा सञ्चालित पुःर्ननिर्माणका लागि सीप कार्यक्रम अन्तरगत सञ्चालित ५० दिने डकर्मी तालिमकाक्रममा हलेसी तुवाचुङ नगरपालिकामा ५ घर र रावाबेँसी गाउँपालिकामा ८ घर तयार भएको हो । डकर्मी तालिममा सहभागीलाई प्राक्टिकल अभ्यास गराउनेक्रममा एकल महिला, अशक्त र अतिगरिब परिवारको भूकम्प प्रतिरोधी घर तयार भएको मल्टी स्किल तथा इन्भाइरन्मेन्ट डेभलपमेन्ट प्रालिका खोटाङ कोअर्डिनेटर केशव पन्थीले बताए ।

    हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी एकल महिला नैनाकुमारी राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयांखुकी एकल महिला कुमारी परियार र राधा कट्वाल खत्री, हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले महादेवबेँसीकी एकल महिला हर्कसरी राई र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी एकल महिला हस्तमायाँ मगरको घर निर्माण गरिएको हो ।

    यस्तै, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीकी एकल महिला पञ्चकुमारी बिक र अतिविपन्न दुर्गाबहादुर मगर, रावाबेँसी गाउँपालिका–१ कुभिन्डे हरमटारकी एकल महिला देशहिरा राई र अतिविपन्न भेषराज श्रेष्ठ, रावाबेँसी गाउँपालिका–२ खार्पाकी अतिविपन्न बिना तामाङ र खडक नेपाली, रावाबेँसी गाउँपालिका–६ हौंचुरकी एकल महिला शुभद्रीमायाँ कार्की र हिरामायाँ दर्जीको घर तयार भएको छ ।

    डकर्मी तालिममा सहभागीले अभ्यास गर्नेक्रममा घरको पर्खाल ठड्याएको र छाना हाल्नका लागि प्रतिपरिवार २०/२० हजार प्रदान गरिएको कोअर्डिनेटर पन्थीले बताए । शुभद्रीमायाँ, हिरामायाँ र देशहिरा पुःर्ननिर्माण प्राधिकरणको अतिविपन्न परिवारको सूचीमा रहेको आधारमा उनीहरुको घर निर्माण गरिएको हो । अन्य अशक्त र एकल महिलाको घर भने वडा कार्यालयको सिफारिसमा तयार पारिएको पन्थीले बताए ।  २०७६ जेठ १७ गते बिहान १० : ४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology