चिसाङ शेर्पा खोटाङ,
जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो पक्की भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको झण्डै दुई वर्षपछि हलेसीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । पक्की भवनबाट आफ्नो सेवा प्रवाह गर्नेमा हलेसी तुवाचुङ नगरपालिका तेस्रो भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माण गरिएको भवनबाट बिहिबारदेखि कामकाज थालिएको नगर प्रमुख इवन राईले बताए ।

स्थानीय पटमराज राई, भगसेर राई, मोहनबहादुर राई र डिकसेर राईले निःशुल्क दिएको जग्गामा ७० लाखभन्दा बढिको खर्चमा एल आकारको १५ कोठे भवन निर्माण गरिएको हो । हालसम्म तत्कालिन गाबिसको कार्यालय दुर्छिमको साँघुरो भवनबाट सञ्चालन हुँदै आएको नगरपालिका नयाँ भवनमा सारेपछि सेवा प्रवाहमा सहज भएको छ ।

कार्यालय शुभारम्भका दिन डिकुवाकी कविता राईलाई ५० हजार आर्थिक सहयोग गरिएको छ । केही समयअघि घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी राईलाई उहाँको श्रीमानमार्फत सहयोग गरिएको हो । गर्भवती कविता रुखबाट लडेर घाइते भएकी थिईन् । र, महिना नपुगी जन्मिएको बच्चा पनि अस्वस्थ्य रहेकाले उपचारका लागि सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

रुखबाट लडेर घाईते भएकी कविता राईलाई उपचारको लागि श्रीमानमार्फत चेक हस्तान्तरण गर्दै नगर प्रमुख इवन राई, उपप्रमुख बिमला राई । तस्विर सौजन्य : इवन राईको फेसबुक
दुई नगरपालिका आठ गाउँपालिका रहेको खोटाङमा सवैभन्दा पहिला दिप्रुङ चुइचुम्मा गाउँपालिका र रावावेंशी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । अन्य नगरपालिका र गाउँपालिकाले पूराना सरकारी भबन तथा भाडाका घरमा बसेर सेवा प्रवाह गरिरहेका छन् । आफ्नै भवन नहुने स्थानीय तहले पूरानो तथा साँघुरो घरहरुबाट भनेजस्तो सेवा प्रवाह दिन सकिरहेका छैनन् ।
२०७६ जेठ १६ गते राती ८ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology