• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खाद्य संस्थानको चामल कुहियो

खाद्य संस्थानको चामल कुहियो


चिसाङ शेर्पा
  • बुधबार, जेष्ठ १५ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    नेपाल खाद्य संस्थानले समय अनुकुल चामलको मुल्य समायोजन गर्न नसक्दा संस्थानको शाखा कार्यालय दिक्तेलमा रहेको चामल कुहिएर डिस्पोज गर्नुपर्ने भएको छ । बढ्दो बजार र यातायातको पहुंच गाउँघरमा पुग्दा समेत मुल्य नघट्दा खाद्यको चामल कुहिएर नष्ट भएको हो । त्यहाँको चामल कुहिएर पोकापोका परेको छ ।


    आर्थिक वर्ष २०७१/०७२ मा आएको १ सय ६५ क्वीन्टल चामल मध्ये हाल ९ क्वीन्टल ६२ केजी अरुवा जिरा मसिनो चामल डुङडुङती गन्हाएर तत्काल डिस्पोज गर्नुपर्ने अवस्थामा रहेको छ । डुङडुङती गन्हाएर फाल्नुपर्ने अवस्था आईपुग्दा समेत सो गन्हाएको चामलको मुल्य अझै पनि ५० रुपैयाँ केजी छ । बजार मुल्यभन्दा उच्च मुल्यका कारण चामल विक्री नहुंदा खाद्य संस्थानले सर्वदलीय सर्वपक्षीय छलफल गरेर प्रतिकेजी ३५ रुपैयाँ मुल्य बनाउन केन्द्रलाई अनुरोध गरेको थियो । तर, चामलको मुल्य नघट्दा विक्री नभएपछि अन्ततः चामल कुहिएर नष्ट भएको हो । कुहिएको चामललाई यस आर्थिक वर्षको अन्त्यमा भौतिक परिक्षण गरेर डिस्पोज गर्ने प्रक्रियामा लगिने कार्यालय प्रमुख सुनिल कुमार शाहले बताए ।

    खाद्य संस्थानको शाखा कार्यालय दिक्तेलमा कुहिएको चामल । तस्विर चिसाङ शेर्पा

    यस्तै,चालू आर्थिक वर्ष २०७५/०७६ मा खाद्य संस्थानले दिक्तेल संस्थानका लागि १ सय ४६ क्वीन्टल १० केजी जापनीज चामल, ऐंसेलुखर्क डिपोलाई जापनीज १ सय ३६ क्वीन्टल ३० केजी र अरुवा सोना मन्सुली १ सय ७१ केजी र खोटाङबजार डिपोलाई २ सय ४० केजी सोना मन्सुली चामल वितरण गरेको लेखा प्रमुख भानुभक्त चौहानले जानकारी दिए । वितरण गरिएको चामल प्रतिकेजी ४५ रुपैयाँमा विक्री भइरहेको छ । चालू आर्थिक वर्षमा दिक्तेल खाद्य संस्थानबाट २ सय ६४ क्वीन्टल ५० केजी, ऐंसेलुखर्क डिपोबाट १ सय ९८ क्वीन्टल ५० केजी र खोटाङबजार डिपोबाट १ सय ८० क्वीन्टल चामल विक्री भएको लेखा प्रमुख चौहानले जनाए ।

     

    बाक्सिला डिपो सञ्चालनका लागि ज्यालादारी माग गरिएको छ । ज्यालादारी स्वीकृत भएपछि सो डिपो पनि सञ्चालनमा आउनेछ । विकासक्रमसँगै कुनाकन्दरामा साना तथा ठूला सवारी साधनले घरघरमा खाद्यन्न वस्ुत पु¥याईरहंदा खाद्य संस्थानको चामलको भाउ भने उस्तै छ । बजार मुल्यभन्दा सरकारी चामल महंगो हुंदा चामल कुहिएर नष्ट भइरहेको हो । दिक्तेलबजारमा भन्दा खाद्यको चामल बिकट गाउँघरमा आवश्यक रहेकाले त्यतातिर लैजानुपर्ने सरोकारवालाहरुको भनाई छ ।
    २०७६ जेठ १५ गते मध्यान्ह १२ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology