• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा आमाद्वारा छोराको हत्या

भोजपुरमा आमाद्वारा छोराको हत्या


समायोजन खबर
  • मंगलबार, जेष्ठ १४ २०७६

  • फाइल फोटो

    समायोजन खबर भोजपुर,
    भोजपुरमा एक आमाले आफ्ना तीन वर्षीय छोराको हत्या गरेकी छन् । रामप्रसाद राई गाउँपालिका, बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झनाले छोरा सम्बोधनको हत्या गरेको प्रहरीले जनाएको छ ।


    स्थानीयवासीले अभियुक्त थापाको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तलामा छोराको हत्या गरेको बताइएको छ । रासस
    २०७६ जेठ १४ गते दिउँसो ४ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology