• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी


समायोजन खबर
  • मंगलबार, जेष्ठ ७ २०७६

  • फाइल फोटो

    समायोजन खबर पाँचथर,
    मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका मृतकहरुको शव उठाउन थालिएको छ । काठमाण्डौबाट आएको सिबिआईको बिषेश टोली आइ पुगे पछि शव उठाउने कार्य सुरु भएको छ ।

    शवलाइ पोष्टमाटमको लागी बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान लगिने तयारी गरिएको घटनास्थलमा रहेका पत्रकार सरोज शर्माले जानकारी दिए । अहिले आरुबोटेमा भएको ९ वटा शव र मिक्लाजुङ ८ लुमाङदिनमा झुण्डिएको अवस्थामा भेटिएका मानबहादुर माखिमको शव मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा भेला पारेर पोष्टमार्टमका लागि धरान लैजाने तयारी भइरहको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।

    मिक्लाजुङ ३ आरुबोटेमा गए राती ९ जनाको हत्या भएको छ । मिक्लाजुङ ३ आरुबोटे को वडा कार्यलय छेउमा सो घटना भएको हो । धन राज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको छ । हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सिकुमारी फियाक बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् ।

    ९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
    मानबहादुर को शव घटनास्थल भन्दा २ घन्टा टाढा रहेको मिक्लाजुङ ७ लिम्बामा एक रुखमा झुन्डीएको अवस्थामा फेला परेको थियो । उनको शवरहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिडा उनैले हत्या गरेका हुन कि भनेर आशंका गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology