समायोजन खबर खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा दुई सयभन्दा बढि सर्वसाधारणले सेवा पाएका छन् । वडा कार्यालय र नगरपालिकाको सहयोगमा जनसेवा सामुदायीक अस्पतालले शुक्रबार आयोजना गरेको एक दिने स्वास्थ्य शिबिरमा २ सय २१ जना सर्वसाधारणले सेवा पाएका हुन् ।

शिबिरमा ७० जनाको आँखा जाँच, १४ जनाको दाँत निकालिएको, २८ जनाको ल्याव चेकअप, १४ जनाको भिडियो एक्स–रे, १७ जनाको एक्स–रे, ६ जनालाई वाफ दिइएको, एक जनाको स्यूचर गरिएको जनसेवा सामुदायीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।

७० वर्षमाथिका ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएका नागरिकलाई लक्ष्यीत गरेर निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको जनसेवा सामुदायीक अस्पतालले जनाएको छ । शिबिरमा जालपा र खार्मी लगायतका सर्वसाधारण उपचारका लागि आएका थिए । शिबिरका लागि नगरपालिकाले औषधि सहयोग गरेको वडाध्यक्ष विकास राईले बताए ।
२०७६ जेठ ४ गते बिहान ८ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology