समायोजन खबर खोटाङ,
आवधिक विकास योजना तर्जुमा कार्यशाला सम्बन्धी दिपु्रङ चुईचुम्मा गाँउपालिकाले तीनदिने गोष्ठीको शुरुवात गरेकोे छ । गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि निर्माण गर्न लागिएको आवधिक विकास योजना तर्जुमा गोष्ठीको आईतबार प्रदेशसभा सदस्य रामकुमार राई पासाङले उदघाटन गर्नुभएको छ । आगामी मंगलबारसम्म सञ्चालन हुने गोष्ठीले पालिकाद्धारा सञ्चालन गरिने विषयगत योजनाहरुलाई प्राथमिकिकरण गर्दै योजना निर्माण सहितको दिर्गकालिन सोच निर्धारण गर्नेछ ।
गोष्ठीको उदघाटनपछि प्रमुख अतिथिको रुपमा बोल्नुहुंदै प्रदेशसभा सदस्य राईले आवश्यक्तालाई पहिचान गरी विकासलाई प्राथमिकिकरण गर्न सुझाव दिनुभएको छ । उत्पादनमुखी विकासमा लाग्नु पर्ने अवस्था आईपुगेको भन्नुहुंदै सदस्य राईले समाजबाद उन्मुख र समृद्ध देश निर्माण हुने योजना तय गर्नु सझाव दिनुभयो । आगामी दुईदेखि तीनवर्ष भित्रमा सबै स्थानिय तहमा विद्युत विस्तार गरिनेछ । छिमेकी गाउँपालिका साकेला गाउँपालिकास्थित मात्तिम–तावाखोला दिपु्रङ पञ्चमीहुदै टुवाखोला चिप्रिङ खोटेहाङ गाँउपालिकासम्मको अन्तरपालिका सडक स्तरोन्नती र दिपु्रङ चुईचुम्मा ४ बतासे रमाईलो हुंदै वडा नम्बर ५ पञ्चमीबजार सम्मको सडक स्तरोन्नतीका लागि प्रदेश सरकारसँग पहल गर्ने सदस्य राईले बताए ।
गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले आवधिक योजना निर्माणमा सृजनात्मक, दुरदर्शी र अकाट्य योजना निर्माणमा केन्द्रीत हुन विषयगत समिति र सम्बन्धीत पक्षलाई निर्देश गर्नुभएको छ । गोष्ठिमा बिभिन्न ६ वटा विषयगत समितिहरुले तयार पारेका योजनाहरुलाई क्रमैसँग छलफल एबम् सल्लाह, सुझाब सहित आवधिक योजनामा समाबेश गरिने छ । गोष्ठीको पहिलो दिन आईतबार दिर्गकालिन सोचको निर्धारण, विषयगत रणनितिक तथा कार्यक्रम सम्बन्धी छलफल, आगामी ५ आर्थिक वर्षको समग्र राजश्व र व्यायको प्रक्षेपण, विकासका मुख्य पाँच प्राथमिकता तय, आवधिक योजनाको कार्यन्वयन, कार्ययोजना, वार्षिक योजना तर्जुमा खाका, अनुगमन सुचक सम्बन्धी अबधारणाका विषयमा छलफल गरिएको छ ।
यस्तै, पालिकाको समग्र तथा विषयगत क्षेत्रगत वस्तुस्थिती अन्तर्गत सवल पक्ष, दुर्वल पक्ष, अबशर र चुनौतीको समेत विश्लेशण गरिएको छ । आवधिक योजना निर्माणका लागि गाउँपालिकालाई स्वीस विकास सहयोग नियोग एसडिसीले प्राविधिक सहयोग गरिरहेको छ ।
२०७६ बैशाख ३० गते बिहान ७ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology