माथिबाट झरेको ढुंगाले लाग्दा युवकको ज्यान गयो

माथिबाट झरेको ढुंगाले लाग्दा युवकको ज्यान गयो




समायोजन खबर खोटाङ,
माथिबाट झरेको ढुंगाले लाग्दा जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शंकर कार्कीको ज्यान गएको छ । स्थानीय कुलो निर्माणका लागि गिटी कुटिरहेका समयमा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाईते भएका कार्कीको उपचारका लागि धरान लैजानेक्रममा बाटैमा ज्यान गएको हो ।


ढुंगाले लागेपछि गम्भीर घाईते भएका कार्कीको स्वास्थ्यचौकी बुईपामा सामान्य उपचारपछि विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा राजापानीको रेग्मीटारमा पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कटवालले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।


२०७६ बैशाख २८ गते राती ८ :५९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology