• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली भियतनामको राजधानी हनोइमा

प्रधानमन्त्री ओली भियतनामको राजधानी हनोइमा


समायोजन खबर
  • बिहिबार, बैशाख २६ २०७६

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामको राजधानी हनोइ पुग्नु भएको छ । प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्यून क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गर्नुभएको थियो ।

    भियतनामका प्रधानमन्त्री न्यूग्यन सुआन हुन सुनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजदेखि भियतनामको औपचारिक भ्रमणमा जानुभएको हो ।
    उहाँले वैशाख ३० गतेदेखि कम्बोडियाको भ्रमण गर्नुहुनेछ । भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला, सांसद्, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका उच्चपदस्थ कर्मचारी, स्थानीय तहका पदाधिकारी, निजी क्षेत्रका उद्योगी व्यवसायी एवं सञ्चारकर्मी संलग्न छन् ।
    २०७६ बैशाख २६ गते साँझ ६ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology