• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्तुतीले लोकतन्त्र र गणतन्त्र खतरामा : कांग्रेस नेता राणा

प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्तुतीले लोकतन्त्र र गणतन्त्र खतरामा : कांग्रेस नेता राणा


चिसाङ शेर्पा
  • बिहिबार, बैशाख २६ २०७६

  • पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता उदयशम्सेर राणा । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    नेपाली कांग्रेसका नेता उदय शम्सेर राणाले राष्ट्रपतिको पदमा दाग लाग्ने हिसाबले राष्ट्रपति स्वयम् प्रस्तुत भएको बताएका छन् । खोटाङ कांग्रेसले पार्टी कार्याल दिक्तेलमा बिहीबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता राणाले सरकारको नीति तथा कार्यक्रममा वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्तुतीले नेपालकै लोकतन्त्र र गणतन्त्रलाई असर पार्छ कि भन्ने शंका पैदा भएको बताएका हुन् ।

    अहिले श्री ५ को ठाउँमा एउटा नेपाली जनताको छोरा वा छोरी त्यहाँ पुग्ने अवसर पाएको छ । नेपालको पहिलो राष्ट्रपति रामवरण यादव हुंदा हामी सबैको एउटा मन, बोल्ने, इज्जत दिने ठाउँ, व्यवहार उहाँको थियो । राणाले भने, ‘रामवरण यादव जस्तै पदमा रहेका वर्तमान राष्ट्रपतिकै ठाउँमा अलिकति दाग लाग्ने हिसाबले सरकार र राष्ट्रपति प्रस्तुत भएको हुनाले फेरी पनि अधिनायवादको नाममा पूराना शक्तिहरु सिर्जना हुनलाई ठाउँ बनाईरहेकोे हो कि ।’ भन्नेमा सवै कांग्रेस चिन्तित भएको बताए ।
    राष्ट्रपतिले पनि मेरो सरकार, हाम्रो सरकार, नेपाल सरकार, सरकार मात्रै पनि भन्न सकिन्छ । तर कसरी भनियो, कुन शब्द प्रयोग ग¥र्यो त्यसले चाँहि सरकारको भावना र व्यक्तिको भावना के रहेछ भन्ने रिफ्लेक्सन हुन्छ । उनले भने, ‘हामीले यो सरकारलाई विरोध भन्दा पनि धेरै समयपछि जनातले आफ्नै नेपाली दिदीबहिनी, दाजुभाई मध्ये नै एउटा राष्ट्रपति बनेको छ । कुनै व्यक्तिको अथवा कुनै सरकारको कारणले त्यो पदमा दाग नलागोस भन्ने हामी सबै कांग्रेसको चाहाना हो ।’ भर्खरै सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले देखाएको घमण्डप्रति अहिले सवै कांग्रेस चिन्तित भएको समेत उनले बताए ।

    यसैविच, देशव्यापी राष्ट्रिय जागरण अन्र्तगत खोटाङ कांग्रेसले जेठ ८ गते केपीलासगढी गाउँपालिकाबाट पहिलो चरणको अभियान सुरु गर्ने भएको छ । जेठ ९ गते रावाबेंशी गाउँपालिका, ११ गते ऐंसेलुखर्क गाउँपालिका र जेठ १२ गते हलेसी तुवाचुङ नगरपालिकामा अभियान सञ्चालन हुने सभापति नरेश कुमार श्रेष्ठले जानकारी दिए ।
    २०७६ बैशाख २६ गते मध्यान्ह १२ :१६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology