चिसाङ शेर्पा खोटाङ,
खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा तीनजना घाइते भएका छन् । जिल्लाको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुम्मापोखरी नजिक बुधबार साँझ को २ त ५२३७ नम्बरको खाली ट्याक्टर अनियन्त्रि भई पल्टीदा चालक सहित दुई जना महिला गम्भीर घाईते भएका छन् ।
घाइते हुनेमा सोही गाउँपालिकाको डम्वर्खुशिवालय वस्ने २२ वर्षीय तारा चौलागाँई, २० वर्षीय देबी चौलागाँई र चालक २५ वर्षीय शिवजी खड्का रहेका छन् । ताराको खुट्टामा, देबीको टाउकोमा र चालकको निधार र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए ।
तीनैजना घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि एम्बुलेन्स मार्फत विराटनगरको नोवेल अस्पताल रेफर गरिएको छ । ट्याक्टरका चालक विदामा रहेको र ट्याक्टर धनीका छोराले आफै कुदाउदा दुर्घट्ना भएको एकजना स्थानीयले बताएका छन् ।
२०७६ बैशाख २५ गते राती १० : १३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology