समायोजन खबर काठमाण्डौ,
सङ्घीय संसद्मा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदैछ । गत शुक्रबार संसद्मा प्रस्तुत कार्यक्रममाथि तीन दिन चलेको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । ‘नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीज्यूले दिनुहुनेछ, त्यसलगत्तै नीति तथा कार्यक्रम पारितको प्रक्रियामा जानेछ ।’
संसद् सचिवालयका कार्यव्यवस्था परामर्श शाखाका राजन घिमिरेले भन्नुभयो । उहाँका अनुसार २७ गतेबाट प्रिबजेटमाथि छलफल प्रारम्भ हुनेछ । जारी छलफलमा सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेस आलोचनामा उत्रिए पनि सत्तापक्षका सांसदले सरकारको बचाउ गर्दै आएका छन् ।
२०७६ बैशाख २४ गते बिहान ९ :३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology