• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप भएको प्रधानमन्त्रीको भनाई

गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप भएको प्रधानमन्त्रीको भनाई


समायोजन खबर
  • सोमबार, बैशाख २३ २०७६

  • केपी शर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप भएको बताउनुभएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवस बनाउनु पर्ने पनि धारणा राख्नुभयो ।

    यस दिवसलाई गाउँगाउँ र घरघरमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ, ओलीले भन्नुभयो यो जनताको दिवस हो । प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताउनुभयो । कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका अवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने पनि बताउनुभयो ।
    २०७६ बैशाख २३ गते साँझ ६ :०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology