समायोजन खबर काठमाडौं,
संयुक्त हस्ताक्षरसहित उपेन्द्र यादव र डा.बाबुराम भट्टराईको दुई पार्टी औपचारिक रुपमा एकिकृत भएका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको हो । फोरम अध्यक्ष यादव र नयाँ शक्ति संयोजक डा. भट्टराईले सोमबार आज पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित घोषणा सभामा डा.भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ । संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति छ । एकतापछि पार्टीको नाम ’समाजवादी पार्टी नेपाल’ राखिएको छ।
२०७६ बैशाख २३ गते दिउँसो २ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology