• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रूसी हवाई जहाजमा आगो लाग्यो,४१ जनाको मृत्यु

रूसी हवाई जहाजमा आगो लाग्यो,४१ जनाको मृत्यु


समायोजन खबर
  • सोमबार, बैशाख २३ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    रुसको मस्कोस्थित सेरेमेट्येभो विमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक ’एयरोफ्लोट’को ’सुखोई एसएसजे–१००’ विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य सवार थिए । विमान अवतरण हुने क्रममा ठूलो आगलागी भएको थियो।

    अवतरण लगत्तै विमानमा आगो लागेको अन्तर्रा्िष्ट्रय सञ्चार माध्यमले जनाएका छन् । जल्दै गरेको विमानबाट निस्कनका लागि यात्रुले आपतकालीन द्वारको प्रयोग गरेको सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा देखिएको छ । रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । उद्धार गरिएका ६ जनालाई स्थानीय अस्पतालमा लगिएको र तीनजनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु हुनेका परिवारजनमा समवेदना अर्पण गरेका छन्। रिपोटका अनुसार विमानलाई आकस्मिक अवतरण गर्ने पाइलटहरुको पहिलो प्रयास असफल भएको थियो। ट्रेकिङ वेबसाइट ’फ्लाइटरडार द्दद्ध’ का अनुसार विमान उडको करिब आधा घन्टा भित्रै आकस्मिक अवतरणको प्रयास गरिएको थियो । एजेन्सी
    २०७६ बैशाख २३ गते बिहान ९ : ४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology