निरब राई,
गर्मि सिजन आएको छ
रहन्छ भन्छ अझै केहि दिन
यो सिजनसँगै भित्रिएको छ
केहि स्याल, अलिकति ब्वाँसाहरु
फाट्टफुट्ट कस्तुरी र मृगहरु
डरलाग्दा देखापरेका छन
लामाखुट्टेहरु ।
कस्तुरी र मृगहरु खेदिइए
स्यालहरुको हुइँयाले ।
स्यालहरु मनपरी सिकार गर्छन
ब्वाँसाहरु तमासा हेर्छन ।
छेउमा बसेरउउ उफन्छन भोकमा
बिलो बाड्छन स्यालहरु
चुप हुन्छन अघाएर ब्वाँसाहरु ।
यो सिजन अगाडी
ब्वाँसाहरु सिकारी थिए
यसै गरी रमिता हेर्थे स्यालहरु ।
अँ लामाखुट्टेहरु,
अचाक्ली निक्लेका छन यीनीहरु
मानौ, लामासुढे हुन यी
मात्र गरिबहरुको रगत चुस्छन
झूल किन्न नसक्ने गरिबी
बाध्यछन आफ्नो रगत गुमाउन ।
लामाखुट्टेहरु,
खान सक्दैनन् धनको रगत
मस्त निदाएका छन धनीहरु
झूल किनेका छन उनीहरुले
दर्बिला छन वर्गवादी झूल
फोड्नै सक्दैनन् लामाखुट्टेहरु
आरामदायी पूँजीवादको ओछ्यान ।
लामाखुट्टेहरु,
रगत चुस्ने ध्याउन्नमा
बिर्सनु आफ्नै साथीलाई
अलिकति खुट्टा तानेर
उछिन्नु की लडाउनु अर्कालाई ।
होडाहोड रगतको खोजीमा
न सहयोगी नै देखिन्छन
आफू अघाए, जगत अघाए ।
छ्यापछ्याप्ती छरिएका
सहर, गाऊँ, बालुवा, माटो
नदिनाला, वनजङ्गल
बिटुलाउँदै हरचिह ।
यहाँ झुपडिहरु भत्काइन्छ
झुपडिकी चेली लुटिन्छ ।
सुनेको छैन आजसम्म
लामाखुट्टेहरु महल छिर्यो
वर्गवादी झूल जलायो ।
बरु देखियो बड्दै गरेका लार्भाहरु
महलबाट निस्कने ढलहरुमा ।
अझै गर्मी भयो भने
अझै उखर्माउला हुँदा हुन
यी लामाखुट्टेहरु ।
बढ्दा हुन स्याल र ब्वाँसाहरु ।
भो ,
नखेलिओस सिकार ।
नलखेटिओस कस्तुरीहरु ।
नचुसिओस गरिब रगत ।
अब त बरु
जाडो लागोस ।
दिप्रुङ चुइचुम्मा ३, याङ्सोला खोटाङ
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology