समायोजन खबर काठमाण्डौ,
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटकपटक ‘मेरो सरकार’ उच्चारण गरेपछि सत्ताधारी र विपक्षी दलबीच आरोपप्रत्यारोप सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यस विषयमा संसोधन दर्ता गराएको छ भने नेकपाले संसोधनको विपक्षमा मतदान गर्न आफ्ना सांसद्हरूलाई निर्देशन दिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा हिजो बसेको बैठकमा प्रधानमन्त्री एवम नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने विषय आवश्यकतामा आधारित भएर टिपाउन सांसदलाई निर्देशन दिनुभएको हो । नीति तथा कार्यक्रममा समावेश भएको मेरो सरकार भन्ने प्रसङ्ग अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । हिजोको बैठकमा चारजना सांसदले विचार राख्दै नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द समावेश नगरेको भए राम्रो हुने आशय व्यक्त गरेका थिए । यही २५ गते बस्ने बैठकमा यस बारेमा थप छलफल गर्ने दुवै अध्यक्षले आश्वासन दिएको नेताहरूले बताएका छन् ।
२०७६ बैशाख २२ गते बिहान १० : ०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology