• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि आर्मीलाइ

कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि आर्मीलाइ


समायोजन खबर
  • शनिबार, बैशाख २१ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले जितेको छ । आज भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता होराइजनले २ लाखमा प्राप्त ग-यो ।

    १ सय ४६ रनको लक्ष्य पछ्याएको होराइजन १८ ओभर ३ बलमा ८७ रनमा समेटियो । आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले समान ३/३ विकेट हात पारे । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ४६ रन बनाएको थियो । फाइनल खेलका म्यान अफ द म्याच आर्मीका हरि बहादुर चौहान घोषित हुनुभयो ।
    २०७६ बैशाख २१ गते साँझ ६  : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology