समायोजन खबर काठमाण्डौ,
सत्तारुढ नेकपा संसदीय दलको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ भन्ने शब्दका विषयमा छलफल भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा नीति तथा कार्यक्रमका बारेमा विचार राख्नका लागि धेरै सांसदले हात उठाएका भए पनि चारजनाले मात्र बोल्ने मौका पाएका थिए । उनीहरूले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग नगरेको भए राम्रो हुने विचार राखेका थिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ भन्ने संसारभरको प्रचलन भएको भन्दै राष्ट्रपतिको बचाउ गर्नु भएको एक सांसद्ले सीआईएनसँग बताए । २५ गते बस्ने संसदीय दलको बैठकमा यसबारेमा विस्तृत छलफल गर्ने दुवै अध्यक्षले आश्वासन दिएको नेताहरूले बताएका छन् ।
२०७६ बैशाख २१ गते साँझ ६ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology