Samayojan khabar

Advertisment

SKIP THIS

कविता, आमा

कविता, आमा




मनि लामा,
स्नेहले छातिभरी टाँसेर
अथाह माया दियौ
स्वर्ग जस्तै काखमा हुर्काएर
यो जिन्दागानी दियौ
न भोक भन्यौ,न तिर्खा भन्यौ
पिठ्यूमा बोकेर मनभरी खुशी दियौ
आफू भोकै हुदा नि मलाई टम्म बनायौ
मनभरी अभाव बोकेर नि मेरो खुशिमा रमायौ
तिम्रो स्नेहको तापमा म मस्त निदाउथे

अनि तिमी
मेरो रछ्यान बोकेर पधेरी जान्थ्यौ
मैले तिम्रो हात समाएर संसार हिड्न सिके
मेरो क्रन्दनले तिम्रो मन छियाछिया हुन्थ्यो
म तिम्रो सपना बोकेर दिनहु
कोक्रोको लिङगे पिङमा मच्चिरहन्थे
जब म तिम्रो मातृत्व पाउथे
स्वर्गिक आनन्दमा रमाउथे
तिमिले किनिदिएको नानुमा पुतली झै हुन्थे
खुशिले यत्रतत्र हुंदा
सीमावीहिन तिम्रो खुशी छताछुल्ला पोखिन्थ्यो
अनि टप्प टिपेर
न्यानो छातिभित्र कैद गर्थ्र्यो

सायद
त्यो अनुपम माया थियो तिम्रो
गरीबिले सिङगै निलेको तिम्रो जीवन
मेरै खुशि र समुन्नतिको लागि
थुम्से र डोकोभरी सपना बोकेर
बर्षौ हाट बजार धायौ
हुरीबतास भनेनौ
अत्तरको उकाली ओराली पनि भनेनौ
पाइलाहरू सधै मेरै लागि खियाइरह्यौ
पुस माघको कैयौ जाडो
स्वर्ग जस्तै तिम्रो काखमा रमाए
मेरो आशू पुछिदिने तिम्रो औलाहरु
मेरो अधरमा चुम्ने मातृत्व ती ओठहरू
म रुदा तिम्रो मन रुन्थ्यो
म खुशिले हास्दा तिम्रो संसार हास्थ्यो
हरपल मेरो खुशिको पहरा गर्थ्यौ
सुटुक्क छक्काएर मेलापात गर्थ्यौ
बुहार्तनको वजनले थिचिए पनि
मेरो खुशिको सगरमाथा खोजिरहन्थ्यौ
कहिल्यै आफ्नो भूमिकामा बिचलित भएनौ

आमा ! कति निडर थियो तिम्रो विश्वास
बर्षौकौ तिम्रो त्यागले
यो भुमिमा उभिएको छु
तिम्रै प्रेरना र ऊर्जाले
संघर्ष गरिरहेछु
कति सपना पुरा गरे कति अधूरै होलान
पिठ्यूमा बर्षौ बोकेको रिन तिर्न नसकेपनि
दशधारा दूधको मूल्य चुक्ता गर्न नसकेपनि
आमा !
हजूरकै निगाहमा बाचेको छु
त्यसैले
आमा ! तिमी स्नेहको मूहान हौ,कहिल्यै नसुक्ने
आमा ! तिमी अटल विश्वास हौ,कहिल्यै नझुक्ने
(सलाम यी महान् आमाहरूप्रति)२
सर्जक लामा शिक्षक तथा विभिन्न सञ्चार माध्यममा आवद्ध छन् । उनका सिर्जनाहरु विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
२०७६ बैशाख २० गते मध्यान्ह १ : २९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology