चिसाङ शेर्पा खोटाङ,
युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । जिल्लाको ऐंसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका २१ वर्षीय जीवन जोगीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । १७ वर्षीया किशोरीलाई जर्वजस्ती करणी गर्नमा संलग्न जोगीलाई बिहीबार बिहान घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए ।

जोगीले गत बैशाख ७ गते शनिवार जर्वजस्ती करणी गरेको भनी पिडीत पक्षले बुधबार बेलुका प्रहरीलाई सूचना दिएको आधारमा उनलाई आज पक्राउ गरिएको हो । पक्राउ परेका जोगीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
२०७६ बैशाख १९ गते साँझ ५ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology