समायोजन खबर काठमाण्डौ,
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अबको तिन दिनभित्र अपुग कर्मचारीको विवरण पठाउन पत्राचार गरेको छ । रिक्त पदपूर्तिका लागि सात सय ५३ वटै स्थानीय तहलाई माग बमोजिम कर्मचारीको विवरण पठाउन पत्राचार गरेको हो ।
लोक सेवा आयोगसँग कुरा भएकाले अबको तिन महिना भित्रमा कर्मचारीहरुको व्यवस्थापन गर्न सकिने देखिएकाले छिट्टै नै कर्मचारीको विवरण पठाउन पत्राचार गरिएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु मण्डितले बताउनुभयो । स्थानीय तहले तोकिएको समयसिमामा विवरण पठाए असार मसान्त सम्म आवश्यक कर्मचारी छनोट गरेर पठाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितको भनाई छ । स्थानीय तहमा अझै पनि १६ हजार एक सय १८ कर्मचारी अपुग छन् भने संघमा सात हजार छ सय ४० र प्रदेशमा सात हजार ६ सय ३८ कर्मचारी अझै अपुग रहेका छन् ।
२०७६ बैशाख १८ गते बिहान ९ :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology