• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रधानमन्त्रीको भनाइ

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रधानमन्त्रीको भनाइ


समायोजन खबर
  • मंगलबार, बैशाख १७ २०७६

  • केपी शर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको नेकपा माथी लगाएको प्रतिबन्ध नहट्ने दोहो-याउनुभएको छ । प्रमुख विपक्षी सहितका दलहरुले वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताउनुभयो ।

    आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने धारणा राख्नुभयो । विप्लव समूहले हतियार बुझाए सहज हुने उहाँले बताउनुभयो ।

    नभए सरकारले नियन्त्रण गर्ने उहाँले बताउनुभयो । सरकारले विप्लव समूहमाथी २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहमा संलग्न भएको आरोपमा थुप्रै नेता कार्यकर्ता पक्राउ परे पनि केही भने छुटेका छन् ।
    २०७६ बैशाख १७ गते साँझ ५ : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology