• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

छितापोखरीमा विजुली वलेपछि स्थानीय हर्षित

छितापोखरीमा विजुली वलेपछि स्थानीय हर्षित


चिसाङ शेर्पा
  • सोमबार, बैशाख १६ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    वर्षौदेखी अध्याँरोमा बस्दै आएका स्थानीयहरु केन्द्रीय प्रसारण लाईनको विजुली वलेपछि हर्षित भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा केन्द्रीय प्रसारण लाईनको विजुली वत्ती वलेसँगै स्थानीयहरु हर्षित भएका हुन् ।

    नेपाल विधुत प्राधिकरण र गतवर्ष गाउँपालिकाले छुट्याइएको २० लाख बजेट अन्तरगत निर्माण सम्पन्न भएको केन्द्रीय प्रसारण लाईनको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले स्वीच थिचेर उद्घाटन गरेका छन् । उद्घाटन सँगै सोही दिन साँझबाट छितापोखरीका १ सय १० घरधुरीमा वत्ती वलेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
    यसअघि, सोलार तथा टुकीको भरमा बस्दै आएका स्थानीयको घरमा आजबाट चौविसै घण्टा केन्द्रीय प्रसारणको वत्ती वलेपछि दैनिक जनजीवनमा सहजता आएको छ । विजुली वलेपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन, टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, कुटानी पिसानी गर्नलाई सहज भएको छ । अब, उक्त गाउँपालिकाको बतासे, याम्खा र छितापोखरीका केही भूभागमा विजुली वत्ती वल्न बाँकी छ । बाँकी रहेका स्थानहरुमा आगामी वर्षसम्म वत्ती विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।
    २०७६ बैशाख १६ गते राती ८:५८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology