• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नतिजा बिग्रिएपछि शिक्षकमाथि खनिए अभिभावक

नतिजा बिग्रिएपछि शिक्षकमाथि खनिए अभिभावक


समायोजन खबर
  • आइतबार, बैशाख १५ २०७६

  • भेलामा शिक्षक तथा अभिभावकहरु । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    परिक्षाको नतिजामा भारी गिरावट आएपछि खोटाङमा अभिभावकहरुले शिक्षकहरुलाई प्रश्नै,प्रश्नले असिनपसिन बनाएका छन् । कक्षा ८ को परिक्षाको नतिजा गिर्दो अवस्थामा आएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अभिभावकहरुले शिक्षकहरुलाई प्रश्न माथि प्रश्न गरेर असिनपसिन बनाएका छन् । परिक्षा बिग्रनुको कारण खोजेका छन् ।

    गत चैत्र १० गतेदेखी १८ गतेसम्म गाउँपालिकामा रहेको आधारभुत र माविगरी १९ वटा विद्धालयमा अध्ययनरत कक्षा ८ का विधार्थीलाई एसईई मोडलमा परिक्षा सञ्चालन गर्दा निरासाजनक नतिजा आएकाले विधार्थीको भविष्यमाथि गम्भिर खेलवाड भएको भन्दै अभिभावकहरु शिक्षकहरु माथि खनिएका हुन् । शुक्रबार गाउँपालिकाको प्राङगणमा सामुदायिक विधालय अन्तरगतका कक्षा ८ का विधार्थीका अभिभावक र शिक्षकहरु बिचको भेलामा याम्खाका जिवनाथ गुरागाईले यति धेरैको संख्यामा विधार्थी फेल हुनुको कारण मागेका थिए । गुरागाई जस्तै, छोरम्बुका जुवाल सिं राई, बतासेका ईन्द्र कार्की लगायतका अन्य अभिभावक शिक्षकहरुसँग चिडिएका छन् ।
    होम सेन्टर नराखी परिक्षा सञ्चालन गर्दा १९ विद्धालयका ४ सय ७२ विधार्थीको परिक्षाको नतिजा गिर्दो अवस्थामा आउँदा कक्षा ९ को भर्नामा समेत कठिनाई भएको छ । ५० प्रतिशत विधालय नील जस्तै भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । चोर्न र चोराउन नपाउँदा नतिजामा गिरावट आएको उहाँको भनाई छ । अवको दिनमा शिक्षालाई कसरी उकास्न सकिन्छ र विधार्थी, शिक्षकमा कसको कमजोरी कारण बुझ्ने प्रयत्न गर्दा अभिभावकहरु शिक्षकप्रती आक्रोशित बनेका थिए ।

    आफ्नो विधालयको नतिजा सुनाउदै शिक्षक । तस्विर समायोजन खबर

    छलफलमा उठेका विषयहरुलाई मध्यनजर गर्दै अन्य कुरा शिक्षा समितिको वैठक बसेर निर्णय गर्नेगरी भेला समापन भएको छ । आगामी सोमबार बस्ने शिक्षा समितिको वैठकले सवै कुराको छिनोफानो गर्ने गाउँपालिका अध्यक्ष राईले बताए । होम सेन्टर नरहनेगरी गाउँपालिकाले महेन्द्रोदय मावि ओख्रे, महेन्द्रोदय मावि याम्खा, पञ्चकन्या आधारभुत विद्धालय बोफ्लु डाडाँगाउ, जनता मावि बतासे, राम्चे निकेतन मावि इजारा बतासे, महेन्द्रतारा आधारभुत विद्धालय मुलाबारी बतासे, शान्ती मावि छोरम्बु, याङसोला मावि छोरम्बु र शान्ती निकेतन मिनाकर्ण मावि छोरम्बुमा परिक्षा सञ्चालन गरेको थियो । परिक्षाको नतिजा हेर्दा शिक्षाको गुणस्तर खस्किएको शिक्षकहरुले समेत स्वीकार गरेको एक स्रोतले जनाएको छ ।
    २०७६ बैशाख १५ गते बिहान ९ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology