चिसाङ शेर्पा खोटाङ,
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा खोटाङले नयाँ वर्षको अवसरमा शुभकामना आदनप्रदान तथा स्वागत कार्यक्रम गरेको छ । एकताको छैटौ अधिवेशनपछि महासंघले पहिलो पटक शुभकामना आदनप्रदान तथा जिल्लामा आएका नव आगन्तुक राष्ट्रसेवक कर्मचारीहरुलाई स्वागत गरेको हो ।
महासंघको कार्यालय दिक्तेल भवन गैरामा शनिबार आयोजना गरिएको कार्यक्रममा महासंघका अध्यक्ष दान बहादुर राई, सचिव युवराज रिजाल लगायतका पदाधिकारीहरुले राष्ट्रसेवक कर्मचारीहरुलाई खादा ओढाई स्वागत र जिल्लामा रहेका विभिन्न संघसंस्थामा अवद्ध व्यक्तित्व र पत्रकारहरुलाई शुभकामना प्रदान गरेका थिए ।
जागिरको शिलसिलामा जिल्लामा आएका कर्मचारीसँग काम गर्न सहज र कर्मचारीहरु नागरिकमैत्री हुनमा सहयोग पुग्ने भन्दै महासंघले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाइ, सहायक प्रमुख जिल्ला अधिकारी श्याम कुमार राई, राष्ट्रिय अनुसन्धान आयोग दिक्तेलका अनुसन्धान अधिकृत ज्ञानमणि पाण्डे, भिमसेन थापा मगर लगायतलाई स्वागत गरेका छन् ।
एकता भएपछि पहिलो कार्यक्रम गर्न पाएकोमा खुशी ब्यक्त गर्दै महासंघका अध्यक्ष राईले महासंघलाई अझ शसक्त र मजबुत बनाउनका लागि सवैको सल्लाहा सुझाव मार्ग निर्देशन हुने बताए । साँचो र सच्चा काम गर्नेछौ । अध्यक्ष राईले भने, ‘टिमले गडबड गरेमा जानकारी दिनुस ।’ खोटाङ गैर सरकारी संस्था महासंघ जिल्ला शाखा र खोटाङ गैर सरकारी संस्था महासंघ नेपालबीच गत चैत्र २३/२४ गते एकता भएको थियो ।
२०७६ बैशाख १४ गते साँझ ५ :१३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology