धरान क्वाटरफाइनलमा प्रवेश

धरान क्वाटरफाइनलमा प्रवेश




समायोजन खबर काँकडभिटा,
काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबल अन्तर्गत दोस्रो दिनको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रवार काँकरभिट्टामा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले काठमाडौँको च्यासल युथ क्लबलाई १(० गोल अन्तरले पाखा लगाउँदै क्वाटरफाइन प्रवेश गरेको हो । क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

निर्णयका लागि ८१ औँ मिनेट पर्खनु परेको थियो । धरानका मिलन राईले मैदानको मध्य भागबाट एकल प्रयासमा गरेको गोल नै निर्णायक बन्यो । राईले धरानका लागि विदेशी खेलाडी अनिफोवासेको पासमा मैदानको मध्य भागबाट सिगंल खेल्दै सानदार गोल गरेका थिए । च्यासल विरुद्ध रक्षात्मक खेलेको धरानका मिलन राईले ६६ औँ मिनेटमा डी एरियाबाट गरेको प्रहार बार नजिकैबाट बाहिरीयो । ७५ औँ मिनेटमा धरानका विदेशी खेलाडी अनिफोसेले च्यासलका गोलरक्षक दिनेश थापा मगर बीट भइसकेको अवस्थामा गरेको प्रहार आकाशियो ।


निर्धारित ९० मिनेटभरी च्यासलले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि उसले गरेका एक दर्जन जति प्रहार गोलमा परिणत हुन सकेका थिएनन् । च्यासलमा २ वटा सशक्त प्रहार पोष्ट बारमा लागेर फर्किए भने अन्य प्रहारले सहि दिशा लिन सकेन । खेलको २० मिनेटमा च्यासलका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार बारमा लागेर फर्किएको थियो । २१ औँ मिनेटमा ओइमीकै अर्काे प्रहार पोष्ट नजिकैबाट बाहिरीएको थियो । २२ औँ मिनेटमा च्यासलका अर्का विदेशी खेलाडी अर्मान्ड व्युडनले डी एरियाबाट गरेको प्रहार धरानका गोल रक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

लगातार विपक्षीको आक्रमण बेहोरेको धरानले त्यसपछि सम्हालिने प्रयास गरे पनि अग्रपक्ति फितलो हुँदा स्कोर गर्न सकेको थिएन । खेलको ८४ औँ मिनेटमा च्यासलका ओएमीले गरेको प्रहार पोष्टमा लागेर बाहिरीदाँ खेलमा बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो । खेलको म्यान अफ द म्याच खेलमा एक मात्र निर्णायक गोल गर्ने धरानका मिलन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । उनलाई एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्बाङले पुरस्कार प्रदान गरेका थिए । शनिवारको पहिलो क्वाटर फाइनल खेल आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र संकटा क्लब काठमाडौँबीच हुने आयोजक क्लबका सचिव अशोक राईले बताए । प्रतियोगिताको विजेता टीमले नगद १० लाख १ हजार र उप विजेता टीमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ ।
२०७६ बैशाख १३ गते राती ८ :३९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology