समायोजन खबर खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयमार्फत नियुक्ती पाएका शिक्षकलाई अस्वीकार गर्ने निर्णय गरेको छ । शिक्षक सेवा आयोग उत्तिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले नियुक्ती दिएर पठाइएका शिक्षकलाई नगरपालिकाले बदर गर्ने निर्णय गरेको हो ।
बिहिबार बसेको शिक्षा समितिको बैठकले त्यस्ता शिक्षकको नियुक्तीलाई अस्वीकार गर्ने निर्णय गरेको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले बताए । शिक्षक सेवा आयोग उत्तिर्ण गरेका शिक्षकलाई शिक्षा समन्वय इकाईको कार्यालयले जानकारी नदिइ र समन्वय नगरी नगरपालिकाका विभिन्न बिद्यालयमा पठाएको नगरपालिकाले जनाएको छ । बैठकमा शिक्षा समन्वय इकाईको कार्यालयले पठाएका शिक्षकलाई हाजिर नगराउने तथा हाजिर भइसकेका शिक्षकलाई तलव नदिने निर्णय गरेको छ ।
२०७६ बैशाख १३ बिहान ९ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology