गजल, निर्मला आचार्य,
आफ्नो सम्झि सारा वृतान्त सुनाएर भुल भयो
आखिर मुर्ख त मुर्ख नै थिए सम्झाएर भुल भयो ।।
हो हुन त सवैको मन नै हो तर पनि ढुंगा जस्तो
आखिर पत्थरलाई कोमल चिजमा विलाएर भुल गरियो ।।
लाग्छ आजकाल त सवैलाई करुणा नजगाउ
वितेको पल उनिहरुलाई जगाएर भुल गरियो ।।
अशिक्षितलाई अवसर दिनु ठूलो कुरा लाग्यो
तर तिनीहरुलाई शिक्षित बनाएर भुल गरियो ।।
बाचा गर्छु अब अरुको आशामा जिन्दगी नचलोस
किन कि अरुमा आश्रित जीवन चलाएर भुल गरियो ।।
सर्जक निर्मला आचार्य दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी हुन् ।
२०७६ बैशाख १२ गते बिहान ९ :२५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology