• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरीद्धारा ‘एक चौकी, एक सवारी’ अभियान थालनी

प्रहरीद्धारा ‘एक चौकी, एक सवारी’ अभियान थालनी


समायोजन खबर
  • मंगलबार, बैशाख १० २०७६

  • फायल फोटो

    समायोजन खबर काठमाण्डौ,
    नेपाल प्रहरीले एक प्रहरी चौकी–एक सवारी साधान अवधारणा ल्याएको छ । जसअनुसार विभिन्न प्रहरी कार्यालयलाई ५ सय वटा मोटरसाइकल वितरण गरिएको छ । अपराधको सूचना आएलगत्तै घटनास्थलमा पुग्न सहज होस् भनेर प्रहरीले नयाँ अभियान थालेको हो ।

    अभियानअन्तर्गत पहिलो चरणमा ५ सय वटा मोटरसाइकल वितरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । थप तीन सय ४० वटा मोटरसाइकल खरिद गरिएको छ । सवारी कारगेड मोटरसाइकल पनि ३० वटा खरिदका लागि सम्झौता भएको पनि उहाँले जानकारी दिनुभयो । सुवेदीले हरेक प्रदेशमा पानीको फोहोरा हान्ने गाडीको व्यवस्थापनको कार्य पनि भइरहेको बताउनुभयो । नयाँ स्थापना गरिएका मानव बेचविबखन र साइबर ब्युरोका लागि आवश्यक उपकरणको खरिदको कार्य पनि भइरहेको प्रहरीले जनाएको छ ।
    २०७६ बैशाख १० गते राती ८ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology