चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेलमा समुदायमा आधारित ‘विपद् जोखिम लेखाजोखा’ सम्वन्धि तालिमको सुरुवात भएको छ । आफ्नो गाउँटोलमा हुने विपद् जोखिमका विवरणहरुको लेखाजोखा गर्नमा सहयोग पुगोस भन्ने उद्देश्यले तीन दिने तालिमको सुरुवात गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दिक्तेलको आयोजनामा मंगलबारबाट दिक्तेलस्थित होटल थ्रि ब्रदर्शमा सुरु भएको तालिममा तीनै सुरक्षा निकाय, प्रशासन तथा रेडक्रस उपशाखा र शाखाका कर्मचारी, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि सहित २४ जनाले सहभागीता जनाएका छन् ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा रेडक्रसको मुख्य उद्देश्य, विपद् व्यवस्थापनसँग जोडिएका तत्वहरु, विपद् व्यवस्थापनका चक्र, विपद्का समयमा २४ घण्टाभीत्र गरिने लेखाजोखा र, पछि गरिने विश्लेषणका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ढंगले तालिम दिईने तालिम संयोजक भोजराज घिमिरेले बताए । यस्तै, प्रभावितहरुलाई तत्कालै प्रदान गरिने सहयोग र सेवाका कार्यहरुमा केन्द्रीत रहि तालिम दिईनेछ । उद्घाटन सत्रका सहभागी अतिथिहरुले विपद् जोखिम लेखाजोखा तालिम जिल्लावासीका निम्ति फलदायी हुने अपेक्षा गरेका छन् । सूचना दिएर विपद् नआए पनि यसप्रकारको तालिमले विपद् पश्चात उद्धार तथा लेखाजोखा गर्नमा महत्वपुर्ण भूमिका खेल्ने बताएका छन् ।
२०७६ बैशाख १० गते अपरान्ह ३ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology