समायोजन खबर काठमाण्डौ,
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकता घोषणा आज हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आज तल्लो तहको एकता घोषणा गरिने भएको छ । हिजो भएको सहमति अनुसार आज जिल्ला तहको नेतृत्वका लागि अध्यक्ष र सचिवका नाम सार्वजनिक गर्ने भएको छ ।
एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ । आज ७१ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारी नेकपाले नाम सार्वजनिक गर्ने तयारी गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास वालुवाटारमा हिजो बसेको नेकपा सचिवालयको बैठकले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नामावली टुंगो लगाएको हो । बैठकले अबको केही दिनमा पोलिटब्यूरो गठन गरी सबै केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पोलिटब्यूरो संख्या जम्मा केन्द्रीय सदस्यहरुको एक तिहाई हुने बताइएको छ । बैठकमा आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा ७१ औं कम्युनिष्ट पार्टी स्थापाना दिवस समारोह मनाउने निर्णय समेत गरिएको छ ।
२०७६ बैशाख ९ गते बिहान ८ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology