• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आर्मी उपविजेता बन्दै सेमिफाइनलमा

आर्मी उपविजेता बन्दै सेमिफाइनलमा


समायोजन खबर
  • आइतबार, बैशाख ८ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर नेपालगञ्ज,
    आठौं अन्तर्गत पुरुष फुटबलमा उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेश सँग बराबरीमा रोकिएसँगै उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहबाट पुलिसले एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

    समूह चरणको अन्तिम खेलमा पुलिस कर्णाली प्रदेश सँग पराजित भएपनि हेड टु हेडमा पुलिस समूह विजेता बन्नेछ । आर्मीको चार खेलबाट ७ अंक छ । एक खेल कम खेलेको पुलिसको पनि ७ अंक नै रहेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आज भएको समूह चरणको खेलमा आर्मी सुदूरपश्चिम प्रदेश सँग १–१ गोलको बराबीमा रोकिएको हो । आर्मीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो । खेलको १५औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ७७औं मिनेटमा प्रभुराजले बराबरी गोल फर्काउनुभएको थियो ।
    २०७६ बैशाख ८ गते राती ८ :२५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology