समायोजन खबर खोटाङ,
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेका आईतमान राई दुधकोसीमा मृत फेला परेका छन् । गत चैत्र ३० गतेदेखि सम्पर्क बिहिन भएका ३५ वर्षीय राईको शव खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा दुधकोसीमा फेला परेको हो । शुक्रबार दिउँसो बाहुनीडाँडाको लुलीमा पुछारमा पर्ने सान्ने दोभानमा बेवारिसे अवस्थामा फेला परेको शव आईतबार पहिचान भएको प्रहरीले जनाएको छ ।

बेवारिसे शव फेला परेको खबर पाएपछि आएका आफन्तले आईतबार मृतकको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार खड्काले बताउनुभयो । नदीको पानीमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको शव शनिबार पोष्टमार्टमका लागि जिल्ला अस्ताल पु-याइएको थियो । आफन्तले जिल्ला अस्पताल पुगेर मृतकको पहिचान गरेका हुन् । मृतकको शव पोष्टमार्टमपछि सोमबार आफन्तलाई जिम्मा दिने तयारी गरिएको प्रहरीले जनाएको छ ।
२०७६ बैशाख ८ गते साँझ ६ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology