समायोजन खबर खोटाङ,
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित दुधकोसी किनारमा बेवारिसे शव फेला परेको छ । बाहुनीडाँडाको लुलीमा पुछारमा पर्ने सान्नेदोभानमा पुरुषको बेवारिसे शव फेला परेको हो । नदीको पानीमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।
अन्दाजी ३०/३५ वर्षको पुरुषको पहिचान हुन सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । ट्याक्टर लिएर बालुवा लिन गएका मजदुरले नदीमा शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । शव डोरीले तानेर पाखामा निकालिएको स्थानीयले बताएका छन् ।
२०७६ बैशाख ८ गते दिउँसो २ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology