• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा

खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा


चिसाङ शेर्पा
  • आइतबार, बैशाख ८ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा आचार्य चयन भएका छन् । कतारकै पहिलो सामाजिक संस्था समाजको दशौ अधिवेशनबाट सर्वसम्मत उनी अध्यक्षमा चयन भएका हुन् । उनीसँगै २१ सदस्यीय समिति गठन भएको छ ।
    शुक्रबार दोहास्थित केरला कल्चर सेन्टरमा सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा डिल्लीशेर खडका, द्धितिय उपाध्यक्ष दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा पर्शुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सह–कोषाध्यक्षमा रबिन शेर्पा चयन भएका छन् । बलराम आचार्य, महेश दाहाल, चुडामणि पुरी, गजेन्द्र राई, जिबन राई, राजकुमार राई, सन्तोष आले, बिश्वराज खत्री, लोकेन्द्र बहादुर खडका, गंगा पराजुली, यादब पुरी, मोहन कोइराला, रामकुमार मगर र गंगा गुरुङ सदस्यमा चयन भएकी छिन् ।
    कार्यक्रमका प्रमुख अतिथि एनआरएनए कतारका अध्यक्ष नबिन पोखरेलले प्रवासबाट समाजले गृह जिल्लालाई गरेको कामको प्रशंसा गर्दै खुसी व्यक्त गरेका छन् । समाजले गर्ने कार्यहरूप्रति आगामी दिनहरुमा व्यक्तिगत र संस्थागत सहकार्य गर्न तत्पर रहेको उनले उल्लेख गरे । सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आएको समाजले जिल्लाका लागि थुप्रै उल्लेखनीय काम गर्दै आएको छ ।

    यो पनि पढ्नुहोस

    कतारको हकमा ‘खोटाङ सेवा समाज’ पहिलो सामाजिक संस्था हो

    ६ महिनापछी खोटाङ सेवा समाज कतारको एम्बुलेन्स सञ्चालनमा

    २०७६ बैशाख ८ गते बिहान ८ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology