समायोजन खबर काठमाण्डौ,
सरकारले ओमान र युएईसँग श्रम समझदारी एमओयूको मस्यौदाको चाडै टुंगो लगाउने तयारी गरेको छ । यसका लागि छलफल गर्न दुबै देशका श्रम तथा मानव संशाधन अधिकारीलाई नेपाल बाोलाईएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकोछ । दुबै देशका प्राविधिक टोली यसै महिनाभित्रै वा अर्को महिनाको पहिलो हप्तासम्म आईपुग्ने मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिनुभयो ।
यसै चरणको वार्तामार्फत दुबै देशसँग श्रम समझदारीको मस्यौदामा सहमति जुट्ने उहाँले बताउनुभयो । नेपालले यसअघि नै युएईसँग एमओयू गरेपनि एमओयू कामदारको हितमा नभएकाले अब त्यसलाई परिमार्जन गर्न दोस्रो चरणको वार्ता हुन लागेको हो । ओमानसँग भने यसअघि कुनै पनि दुईपक्षीय समझदारी भएको छैन । यी देश जाने टोलीले श्रमिकको हक अधिकारलाई केन्द्रमा राखेर निःशुल्क भिसा र हवाई टिकट,राम्रो सेवा सुविधा, २४ घण्टे बिमा लगायतका मुद्दा समेटेर एमओयू गर्ने तयारी सरकारको छ ।
२०७६ बैशाख ७ गते बिहान ९ :०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology