• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चर्चित ह्यान्डबल खेलाडी रमिलाको टिम एपिएफसंग भिड्दै

चर्चित ह्यान्डबल खेलाडी रमिलाको टिम एपिएफसंग भिड्दै


समायोजन खबर
  • शुक्रबार, बैशाख ६ २०७६

  • समायोजन खबर नेपालगञ्ज
    आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत चर्चित ह्यान्डबल खेलाडी तथा मिस प्रदेश २०१८ को विजयी रमिला बस्नेतको टिमले आज एपिएफसँग खेल्ने भएको छ । १४ जिल्लाका सहभागीलाई पछि पार्दै मिस प्रदेश, प्रदेश नम्बर एकको ताज पहिरिन सफल बस्नेत आठौं राष्ट्रिय खेलमा सहभागी भएकी हुन । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ स्थायी बासिन्दा बस्नेतले ह्यान्डबल खेलमा यसअघि पनि थुप्रै पटक अन्तर्राष्ट्रिय खेलमा सहभागी भई राष्ट्रलाई पदक समेत दिलाएकी खेलाडी हुन् ।
    विहीबारबाट नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा समेत राम्रो प्रस्तुति दिने बस्नेतको भनाइ रहेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको सभाहलमा एक कार्यक्रमविच खेलाडी बस्नेत सहितको टोलीलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले खेलाडीलाई बधाई गर्दै शुभकामना दिएका थिए । बस्नेत १४ वर्षकै उमेरमा पाकिस्तान बंगलादेश भारत लगायतका दर्जनौं अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेकी खेलाडी हुन । बस्नेत पत्रकारिता साथै सामाजिक काममा अग्रसर रहदै आएकी छिन् । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा विएस प्रथम वर्षमा अध्यनरत बस्नेत नेपालकै कान्छी खेलाडीका रुपमा समेत स्थापित छिन् ।
    २०७६ बैशाख ६ गते मध्यान्ह १२ :३९मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology