• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धनकुटामा सामुदायिक चिकित्सा अध्ययन क्याम्पस बन्द हुँदा,भौतिक संरचना उपयोगविहिन

धनकुटामा सामुदायिक चिकित्सा अध्ययन क्याम्पस बन्द हुँदा,भौतिक संरचना उपयोगविहिन


समायोजन खबर
  • शुक्रबार, बैशाख ६ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर धनकुटा,
    धनकुटाको सामुदायिक चिकित्सा अध्ययन क्याम्पसको बन्द भएपछि विद्यार्थीहरु निजी क्याम्पसमा महँगो शुल्क तिरेर पढ्न बाध्य भएका छन् । दाताले सहयोग गर्न छोडेसँगै पठनपाठन बन्द भएपछि विद्यार्थीहरु निजी क्याम्पसमा पढ्न बाध्य भएका हुन् । क्यानडाको करिब आठ करोड अनुदान सहयोगमा २०३८ सालमा निर्मित सामुदायिक चिकित्सा अध्ययन क्याम्पसमा पूर्वका १६ वटै जिल्लाबाट प्रतिस्पर्धा गराई कोटा प्रणालीमा विद्यार्थी भर्ना गर्ने प्रावधान रहेको थियो ।
    हरेकवर्ष एक सय २० जनाले सामुदायिक चिकित्सा सहायक उत्पादन हुने गरेका थिए । यससँगै ४५ रोपनीमा फैलिएको क्याम्पसका भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन तथा फर्निचर नाँसिदै गएका छन् । केही भवनलाई धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीले आवास बनाएको भएपनि बाँकी पूर्वाधार सामग्री सदुपायोग गर्न नसकिएको धनकुटा बहुमुखी क्याम्पस धनकुटाका उपप्राध्यापक, किरण घिमिरेले जानकारी दिनुभयो । दाताको पैसा आउँदासम्म संस्था चलाउने त्यसपछि भने आवश्यकता र मागलाई समेत ख्याल नगर्ने सरकारी प्रवृतिको नमूना चिकित्सा क्याम्पस बनेको छ ।
    २०७६ बैशाख ६ गते बिहान ९ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology