चिसाङ शेर्पा खोटाङ,
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्तरगत पत्रकार महासंघ शाखा खोटाङले एक घण्टा धर्ना कार्यक्रम गरेको छ । पत्रकारलाई विद्युतीय कारोवार ऐन अन्तगर्त पक्राउ गर्ने क्रम रोक्न र समाचार लेखेकै कारण पक्राउ परेका पत्रकारको रिहाईको माग गर्दै धर्ना कार्यक्रम गरेको हो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को प्रयोग गरेर पत्रकारलाई समाचार लेखेकै कारण पटक–पटक पक्राउ गर्ने क्रम बढेको र समाचार लेखेकै कारण पोखरामा पक्राउ परेका पत्रकार अर्जुन गिरीको विना शर्त रिहाइको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले जनाएको छ ।
निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा नगर्न आग्रह गर्दै जिल्ला शाखाहरुको अगुवाईमा बिहान साढे ९ देखि साढे १० बजेसम्म प्रदर्शन गर्ने कार्यक्रम भए पनि खोटाङमा केही समय ढिला भएको थियो । यसैविच, यसबारेमा महासङ्घ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बुझाउने र विरोधका थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
२०७६ बैशाख ५ गते दिउँसो १ :३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology