समायोजन खबर काठमाण्डौ,
कामना न्यूज पब्लिकेशन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक) का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । 
साढे पाँच महिनाअघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उहाँको स्वास्थ्य स्थिति सामान्य रहे पनि मृगौलाको पत्थरीको शल्यक्रियापश्चात उहाँमा विभिन्न स्वास्थ्य समस्या देखा पर्दै गएको थियो ।
पत्रकार श्रेष्ठको निधनबाट सिंगो नेपाली पत्रकारिता जगत मर्माहत र स्तब्ध भएको छ । पत्रकार श्रेष्ठको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि भूगोल पार्कमा राखिने भएको छ । पारिवारिक श्रोतका अनुसार आजै पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिनेछ । उज्यालो
२०७६ बैशाख ४ गते दिउँसो १ :३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology