• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी बस दुर्घट्ना प्रकरण : एकको मृत्यु, मृतकको परिचय खुल्यो

हलेसी बस दुर्घट्ना प्रकरण : एकको मृत्यु, मृतकको परिचय खुल्यो


चिसाङ शेर्पा
  • मंगलबार, बैशाख ३ २०७६

  • हलेसीमा दुर्घट्नाग्रस्त बस । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    काठ्माण्डौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा हुंदा १ जनाको मृत्यु भएको छ । काठ्माण्डौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राती ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना हुंदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडा दोर्पाका ३२/३३ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको हो ।

    दुर्घट्नामा शक्त घाईते भएका उनलाई उपचारका लागि दिक्तेल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । दुर्घटनामा १४ जना यात्रु घाईते भएको जानकारी आएको छ । उपचारमा १२ जनालाई दुर्छिम स्वास्थ्य चौकीमा पठाइए पनि त्यहाँ उपचार हुन नसक्दा घाईतेमध्ये ६ जनालाई टिचिङ अस्पताल काठ्माण्डौं पु-याइएको छ । एकजनाको जिल्ला अस्पताल दिक्तेलमा र अन्यको दुर्छिम स्वास्थ्य चौकीमा उपचार भईरहेकोे छ ।

     

    बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएर रुखमा ठोक्किदै अडिएकाले ठूलो क्षतीबाट जोगिएको बताइएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।चालक र सह–चालकसहित १५ जना बसमा सवार थिए ।
    २०७६ बैशाख ३ गते बिहान ८ : ४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology