अटल क्रान्तिकारी,
(कबिता)
रहर
तेन्जिङले सगरमाथा चढेको दिन
मेरा पुर्खालाइ हिमाल चढ्ने रहर लागेको
थियो ,
भक्ती थापाले नालापानी जोगाएको दिन
मेरो बाजेलाइ राष्ट्रभक्तिको गित
गाउने रहर जागेको थियो
अन्यायका बिरूद्द कमरेडले
आवाज उठाएको दिन
मेरा किसान बा लाइ
मुक्तिका निम्ती मर्ने
रहर जागेको थियो ।
मान्छेलाइ रहर
समय अनुसार न जाग्दो रहेछ
मलाइ पनि यो देशमा
आज अनेकौ रहरहरू जागेका छन
मलाइ ,
एक कुख्यात भ्रष्टाचारी हुने रहर छ
लाउडा
वाइड्बडी,सुडान घोटला
यी भन्दा भयानक
भ्रष्टाचार गर्न मन छ
लुकाएर छिपाएर पचाउने हैन
खुलमखुल्ला
मलाइ बालुवाटार चपाउने रहर छ
सिंहदरबार निल्ने रहर छ
सगरमाथा बेचेर ब्याङ्क ब्यालेन्स
गर्ने रहर छ

मलाइ
टुडिखेलको धनिपुर्जा बनाएर
प्लटिङ गर्ने रहर छ
मलाइ घण्टाघरको घडी नाडिमा
बाधेर
त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थल
भित्र एक्लै मर्निङ वाक
गर्ने रहर छ ।
जस्ले छाड्दै हिडेका छ्न
सपनाका दृश्य हरू
प्रतिबद्द्ताका पानाहरू
तिनिहरूले जमाएको
स्रोतबिहिन दौलत
भन्दा पनि अलि बढी
मलाइ आर्जन गर्ने रहर छ ।
जे होस यो देशमा
मलाइ कुख्यात भ्रष्ट्रचारी
बन्ने रहर छ
र
त्यो बेला
लाग्छ लाग्दैन होला मेरो हातमा हत्कडी
बन्छ बन्दैन होला
कुख्यात भ्रष्टाचारीलाइ राख्ने कस्टडी
मलाइ त्यो हेर्ने रहर छ ।
दृश्य यथास्थित देखियो भने,
त्यसपछी फेरी म भित्र अर्को रहर जाग्नेछ ।
हामफाल्ने आफै अग्निकुण्ड भित्र
र जल्दै फैलिने देशैभरी ।
२०७५ चैत्र ३० गते बिहान ८ : ४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology